मुख्य समाचार

मिटरब्याजी प्रकरणमा ठूला नेताहरुकै संलग्नता रहेको सांसदहरुको आरोप

मिटरब्याजी प्रकरणमा ठूला नेताहरुकै संलग्नता रहेको सांसदहरुको आरोप

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरुको संलग्नता रहेको बताएका छन । आजको प्रतिनिधि सभा बैठकमा मिटरब्याजी पीडितका लागि अघि बढाउन खोजिएको नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको छलफलमा भाग लिदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरु भएको बताएका हुन । सचेतक गिरीले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरु संलग्न रहेको जिकिर पनि गरे । 
प्रमुख सचेतक गिरीले विधेयक मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभइ झुक्याउनका लागि ल्याएको आरोप लगाए । जसपाका प्रमुख सचेतक प्रदीप यादवले गाउँको साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्था मिटरब्याजी भएको दाबी गरे । मिटरब्याजी सम्बन्धमा सरकारले एकतर्फी मात्र भएर बोल्न वा व्यवस्था गर्न नहुने उनको भनाइ छ । 
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपाटीलाई बदल्नुपर्ने बताए । 
रास्वपाका सांसद् विराजभक्त श्रेष्ठले स्थापित राजनीतिक दलका नेताकै संरक्षणमा मिटरब्याज चलिरहेको दाबी गरे । मिटरब्याज सामाजिक समस्याका रुपमा रहेको भन्दै वित्तीय साक्षरता आवश्यक रहेको उनको भनाइ छ । 
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिव जनतालाई विना धितो बैंकहरुबाट ऋण दिलाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने माग गरे । 
सांसद सिंहले गाउँका गरिव जनताबाट निक्षेप संकलन गरेर बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति समेत जनाए ।। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *