मुख्य समाचार

त्यो दिन मैले प्रधानमन्त्री होइन, ज्ञानुको बाबु भएर बोलें : प्रधानमन्त्री दाहाल

त्यो दिन मैले प्रधानमन्त्री होइन, ज्ञानुको बाबु भएर बोलें : प्रधानमन्त्री दाहाल

सरदार प्रितम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भावनात्मक भएर बोलेको प्रष्टीकरण दिएका छन्।

असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली भएको भन्ने भनाइमाथि प्रष्टीकरण दिँदै दाहालले भावनात्मक सम्बन्ध देखाउन बोलेको बताएका हुन्।

उनले आफूले प्रधानमन्त्रीका रुपमा नभई ज्ञानुको बुबाको रुपमा बोलेको प्रतिनिधिसभामा प्रष्टिकरण दिए।

दाहालले भने, ‘उहाँको किताब विमोचन गर्दा मैले, थोरै भावनामा आएर बोलेको हो। नभनेको भए पनि हुन्थ्यो। म अलिकति भनावनामत्क छु। त्यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के? मैंले बोले प्रधानमन्त्रीको हैसियतमा नबोल्नुपर्थ्यो। म ज्ञानुको बाबु भएर बोलेको हुँ।’

दाहालले प्रितम सिंह प्रधानमन्त्री बनाउन सक्ने र शक्ति केन्द्र नभएको उल्लेख गरे। भावनात्मक रुपमा नबोल्ने कोसिस गरे पनि पारदर्शी स्वभाव भएकाले बेला बेलामा आफू असजिलोमा पर्ने गरेको उनले उल्लेख गरे।

उनले आफ्नो बोलीबारे आत्म समीक्षा गर्ने संसदलाई जानकारी गराए। उनले भने, ‘म आत्म समीक्षा गर्छु। यो ७० वर्षको उमेर हाराहारीमा बानी फेर्न नसकिने रहेछ। त्यसैले त म जे छु त्यस्तै छु। यस्तै भएर मेरा बोली बेला बेलामा अदालतसम्म पुगेका छन्। म सजग छु।’

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *