काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी आज शुरू हुँदैछ ।
गोष्ठीको गृह मन्त्री रमेश लेखकले उदघाटन गर्ने कार्यक्रम रहेको छ । गोष्ठीमा सहभागी हुन गृह सचिव गौकर्णमणी दुवाडी, नेपाली सेनाका रथी निर्मल कुमार थापा, नेपाल प्रहरीका आईजिपि दिपक थापा, सशस्त्र प्रहरीका आइजीपि राजु अर्याल, राष्ट्रिय अनुसंधानका प्रमुख उतराज थापा जनकपुर आईसकेका छन् ।
गोष्ठीमा मधेस प्रदेशका ८ वटै जिल्लाका सुरक्षा प्रमुखहरू, प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, गृह, संचार तथा कानून मन्त्री राज कुमार लेखी, प्रदेश गृह संचार तथा कानून सचिव , नेपाली सेना मध्य पुर्वी पेतना बर्दिवासका उप रथी कृष्ण बहादुर जिसि, सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका डिआइजी कृष्ण ढकाल, नेपाल प्रहरी मधेस प्रदेशका डिआइजी उमा प्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसंधानका डिआइजी माधव तिमिल्सिना सहभागी हुदैछ ।
गोष्ठीमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सिमा सुरक्षा लगायतका बिषयमा छलफल हुने बताइएको छ ।