मुख्य समाचार

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकसहित दश जना पक्राउ

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकसहित दश जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पछिल्लो पटक पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ रहेको बताइएको छ । श्रेष्ठसँगै पक्राउ पर्नेको संख्या दश पुगेको विभागले जनाएको छ । यसअघि भन्सार कार्यालय पुगेका कम्पनीका सञ्चालक पुष्कर भट्टलाई विभागको टोलीले दिउँसो नै पक्राउ गरिसकेको छ भने एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पनि कोटेश्वरबाट पक्राउ परिसकेका छन् । बिहीबार दिउँसो भाग्न लागेका चिनियाँ नागरिक लिन जेछियाङलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागको जिम्मा लगाएपछि हालसम्म पक्राउ पर्नेको संख्या दश पुगेको हो । सोही प्रकरणमा यसअघि ६ जना पक्राउ परिसकेका छन् । यसअघि ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल  र चिनियाँ नागरिक लिन जेछियाङ  पक्राउ परिसकेका छन् ।  उच्च अदालत पाटनले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति समेत दिइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सुन बरामद भएको थियो । सो प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । यसैविच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको ब्रेक सुसहित १ सय ५५ किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *