समाज

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ।

नेपाल दूरसञ्‍चार प्राधिकरणले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको हो।

बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो । 

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सञ्‍चार तथा सुचना प्रविधि मन्त्रालयको मिति २०८२र०५र१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्‍चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्‍यवस्थाका लागि निर्णयानुसार जानकारी गराएको छ । 

मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो। मन्त्रालयले भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई सम्पर्क गर्न आह्वान गरेको थियो।

तर, तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण भए लगत्तै पुनःसक्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *