नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती शुुरु गरिएको छ ।
गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रुपमा चिया खेती शुुरु गरिएको नगरपालिकाले जनाएको छ । पहाडी क्षेत्रमा पर्ने यस वडामा परीक्षणका लागि सात हजार पाँच सय चियाको बोट लगाइएको छ ।
बसेनी गाउँ भूगोल र हावापानी उपयुक्त भएकाले परीक्षणका लागि चिया खेती शुुरु गरिएको नगरपालिकाले जनाएको छ । पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले चियाको माध्यमबाट बसेनी गाउँलाई भविष्यमा पर्यटकीय गाउँको रुपमा विकास गर्ने योजना समेत नगरले बनाएको छ ।
शुुरुमा बसेनी टोल सुधार समितिले चिया खेतीको रेखदेख गर्ने र वडा कार्यालयले संरक्षण गर्ने गरी खेती सुरु गरिएको हो । पछि चिया खेती उपभोक्ता समूह बनाएर उनीहरुलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको चिया खेतीबाट दुई वर्षपछि उत्पादन शुुरु हुने अपेक्षा गरिएको छ ।