मुख्य समाचार

अफगानिस्तानमा तालिवान शासनलाई रूसद्वारा औपचारिक मान्यता

अफगानिस्तानमा तालिवान शासनलाई रूसद्वारा औपचारिक मान्यता

एजेन्सी । अफगानिस्तानमा तालिवान शासनलाई औपचारिक रूपमा मान्यता दिने रूस पहिलो देश बनेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीसँग काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा रुसले तालिवानलाई मान्यता दिने जानकारी दिएको हो । 

विदेशमन्त्रीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानूनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो ।

रुसको निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक भन्दै प्रसंशा गरेका छन । 

मानव अधिकार उलंघनको बढ्दो आरोपहरूको बाबजुद तालिवानले अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गर्दै आएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *