काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर, कहिल्यै गल्ती स्वीकार नगर्ने उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी हुन् ।
पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुस्ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । सुमना यसअघि रास्वपाको सह(महा मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
समानुपातिकबाट सांसद बनेकी उनी पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री भएकी थिइन् ।