समाज

संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्न कांग्रेस उपसभापति गुरुङको सुझाव

संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्न कांग्रेस उपसभापति गुरुङको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले दश वर्षदेखि संविधान प्रयोगमा रहेको उल्लेख गर्दै  अब पुनरावलोकन नभई संशोधनतर्फ लाग्नुपर्ने बताएका हुन् । गुरुङले संविधान संशोधन प्रक्रियामा सहमतिको बाटो अपनाउनुपर्ने र त्यसका लागि सर्वदलीय समिति गठन गर्नु उपयुक्त हुने पनि बताए ।

उपसभापति गुरुङले निर्वाचन प्रणालीमा समेत सुधारको माग गर्दै वर्तमान समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची हटाउने प्रस्ताव गरेका छन् । समानुपातिक तर्फका ११० जना सांसदको बन्दसूची हटाउनुपर्ने गुरुङको भनाई छ । 

 गुरुङले अहिलेसम्म भएका भ्रष्टाचारको घट्नामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन उच्चस्तरीय छानविन आयोग बनाउन समेत प्रस्ताव गरेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *