पर्वत । जिल्ला समन्वय समीती पर्वतले कालीगण्डकी नदीबाट अवैध रुपमा उत्खनन भएको नदीजन्य पदार्थ जफत गरेको छ ।
वर्षायाममा नदी उत्खनन गर्न नपाईने कानूनी प्रवधानलाई अटेर गरी निकालिएको वालुवा जफत गरिएको हो । स्थानीयवासीले अधिकाँश स्थानका घाटहरुमा जनप्रतिनिधिहरुकै डोजर टिप्परमार्फत वालुवा उत्खनन गरी चोरी नीकासी हुने गरको बताएका छन् ।
अनुगमन टोलीले १३ हजार ८ सय घनमीटर वालुवा अवैध चोरी निकासी भएको पाएको छ । स्थानीय तहलाई राजस्व उठाएर मात्रै वालुवा निकासी गर्न दिने गरी निर्देशन दिएको हो ।
नदी उत्खननमा प्रयोग हुने डोजर टिप्परमा नम्बर नभएका पाएपछि प्रहरीलाई नियन्त्रण गर्न समेत टोलीले निर्देशन दिएको छ ।