मुख्य समाचार

अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन संवैधानिक गाँठो फुकाउन वार्ता जारी

अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन संवैधानिक गाँठो फुकाउन वार्ता जारी

काठमाडौ । अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनका लागि संवैधानिक गाँठो फुकाउन वार्ता जारी छ । राष्ट्रपति निवास शितल निवासमा रामचन्द्र पौडेल, जेनजी प्रतिनिधि, प्रधानमन्त्रीमा प्रस्तावित कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच वार्ता भइरहेको हो । नेतृत्वमा सहमति जुटे पनि संसद् विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको मागको विषय टुंगो लगाउन वार्ता भइरहेको हो । प्रधानमन्त्रीमा प्रस्तावित कार्कीले पनि संसद विघटन नभएसम्म शपथ नलिने अडान राखेको जनाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *