समाज

कर्ण थापालाई एमाले विधान महाधिवेशनमा फरक मत पेस गर्न रोक

कर्ण थापालाई एमाले विधान महाधिवेशनमा फरक मत पेस गर्न रोक

काठमाडौं । एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष के.पी. शर्मा ओलीले रोक लगाएका छन् ।

महाधिवेशनको हलमा उनले फरक मत पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ‌ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका हुन् । 

विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए । अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् । 

थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राखेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *