काठमाडौ। अविरल वर्षासंगै पृथ्वीराजमार्गको अवस्था दयनीय बनेको छ । नागढुंगा मुग्लिन खण्ड र मुग्लिन नारायणगढ खण्ड सबैभन्दा बढी जोखिमयुक्त बनेको छ । शुक्रबार साँझदेखि निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको छ । राजमार्गमा यतिबेला यात्रा गर्न सकिने अवस्था नरहेकोले सडकमा रोकिएका बाहेक अन्यलाई यात्रामा ननिस्किन आग्रह गरेको छ ।
पहिरो पन्छाउने र रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउन सडक डिभिजन र सुरक्षा निकायले पहल गरिरहेको छ । तर, जताततै पहिरो झर्ने क्रम नरोकिएकोले मौसम सफा नहुन्जेल यात्रामा ननिस्कन आग्रह गरिएको छ।