मुख्य समाचार

एसिया कपको तयारीको लागि ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई श्रीलंका पठाउने

एसिया कपको तयारीको लागि ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई श्रीलंका पठाउने

नेपालले एसिया कपको तयारीको लागि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको छ । नेपालले इमर्जिङ कपमा नभएका चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको हो ।दुई साता अघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपवाट बाहिरिएपनि टोली श्रीलंकामा नै बसेर एसिया कपको तयारी गरेको छ । इमर्जिङ कपमा तीव्र गतिका बलर करण केसी र सर्वाधिक अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ललाई विश्राम दिएको थियो । आरिफ शेख पारिवारिक कारण नाम फिर्ता लिएका थिए । क्यानले अव भने ज्ञानेन्द्र, करण, आरिफ र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई श्रीलंका विशेष प्रशिक्षणको लागि पठाउने तयारी गरेको छ । नेपालले एसिया कपको तयारी स्वरुप तीन साता श्रीलंकामा विशेष बन्द प्रशिक्षण गनेछ । त्यस क्रममा श्रीलंका क्रिकेट बोर्डको समन्वयमा चार अभ्यास खेल खेल्नेछ । नेपालले अभ्यास खेल स्थानीय टोली श्रीलंका डेभलपमेन्टसँग खेल्नेछ । नेपालले पहिलो पटक खेल्न लागेको एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ मा पहिलो खेल हुनेछ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १ ८मा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *