समाज

मकवानपुरमा भासिएर हराएको बोलेरो गाडीका केही पार्टपुर्जा फेला

मकवानपुरमा भासिएर हराएको बोलेरो गाडीका केही पार्टपुर्जा फेला

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँस्थित बोरिङमा भासिएर हराएको बोलेरो गाडीका केही पार्टपुर्जा फेला परेको छ । 

क्रेन र स्काभेटर प्रयोग गरी गाडीको खोजी तथा उद्धारका क्रममा मंगलबार बोलेरोको केही पार्टपुर्जा भेटिएको हो । गत वैशाख १९ गते दिउँसो करिब एक बजे ना ४ च ४८३३ नम्बरको माछा बोक्ने खाली बोलेरो गाडी अचानक भासिएर उक्त बोरिङमा गायब भएको थियो । 

गाडी नभेटिएपछि भूगर्भ विभाग, काठमाडौंबाट खटिएको टोलीले वैशाख २३ र जेठ २ गते स्थलगत अनुसन्धान गरी माटो परीक्षणका लागि नमुना संकलन गरेको थियो । सोही टोलीले सतर्कता अपनाएर उत्खनन् गर्न सकिने सुझाव दिएपछि मंगलबार दिउँसोदेखि क्रेन र स्काभेटर परिचालन गरी खोजी शुुरु गरिएको हो । 

उत्खननका क्रममा गाडीका केही भागहरू निकालिएको र निकाल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *