काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ७ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।