राजनीति

विपक्षी दलहरूकाे अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित

विपक्षी दलहरूकाे अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित

काठमाडौ। प्रतिनिधिसभाको बैठक भोलि शुक्रवारसम्मका लागि स्थगित भएको छ। विपक्षी दलहरूले अवरोधका कारण प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित भएको हो। बैठक सुरु हुनासाथ विपक्षीले उठेर अवरोध गरे ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् ।

गृहमन्त्रीले पनि बोल्नको लागि समय मागेको भन्दै बैठक चलाएर सहयोग गर्न सभामुखले आग्रह गरे । विरोध कायमै राखेपछि सभामुखले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *