काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन ।
माओवादी केन्द्रको सोमबार राति आकस्मिक बसेको पदाधिकारी बैठकले आज जेन जी पुस्ताले गरेका प्रदर्शनमा इतिहासकै कलङ्कको रूपमा नरसंहार भएको भन्दै यसको सबै जिम्मा सरकारले लिनुपर्ने निश्कर्ष निकालेर विपक्षी दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
माओवादीले प्रधानमन्त्री के.पी. शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने पनि माग गरेको छ ।
आजै माओवादीको संसदीय दलको बैठकपनि बस्दैछ ।