समाज

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्मा अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *