समाज

पाँच स्थानबाट राजावादीको जुलुस निस्किदै

पाँच स्थानबाट राजावादीको जुलुस निस्किदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका राजावादीहरुले काठमाडौं  उपत्यकाका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएका छन् ।

राजावादीहरुले राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै आज गणतन्त्र दिवसकै दिन पारेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । 

राप्रपा नेपालका प्रवक्ता राजाराम बर्ताैलाका अनुसार उपत्यकाका विभिन्न पाँच ठाउँबाट आन्दोलनका लागि जुलुस निक्लिदैछ  । जसमा मैतिदेबीबाट निस्किने जुलुसको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङ्देनले नेतृत्व गर्नेृछन् । त्यसैगरी

सिफलबाट राप्रपा नेपालका अध्यक्ष  कमल थापा र पशुपतिशमशेर राणाले जुलुसको नेतृत्व गर्नेछन् । यसैगरी 
नारायणचौरबाट नबराज सुबेदी, नयाँबजारबाट डाक्टर प्रकाशचन्द्र लोहनी,त्रिपुरेश्वरबाट केशरबहादुर बिष्ट लगायतका नेताहरुको नेतृत्वमा जुलुस निकालिंदैछ । सबैतिरको जुलुस रत्नपार्कस्थित शान्ति बाटिकामा पुग्नेछन् ।   राजावादीहरुले बिरोध स्वरुप कालो छाता पनि बोक्ने भएका छन् ।   

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *