समाज

सोमबारदेखि यात्रुवाहक सवारीलाई देशभर रुट परमिट खुला

सोमबारदेखि यात्रुवाहक सवारीलाई देशभर रुट परमिट खुला

काठमाडौं । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । 

घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म अर्थात् असोज ६ गतेदेखि २२ गतेसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । 

विशेष परिस्थितिका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको छ । त्यस्तै, बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन गर्न रोक लगाइएको छ । 

तर, खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने विभागले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *