मुख्य समाचार

सांसद विकास कोष खारेजी रिटमा सर्वाेच्चद्धारा कारण देखाउ आदेश

सांसद विकास कोष खारेजी रिटमा सर्वाेच्चद्धारा कारण देखाउ आदेश

सांसद विकास कोष खारेजीको माग गरिएको रिट निवेदनमा  सर्वाेच्च अदालतले अन्तरिम कारण देखाउ आदेश  गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा उल्लेखित निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम सांसद बिकास कोषविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश र अन्तरिम आदेशको लागि छलफलमा झिकाउने आदेश भएको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले श्रावण १६ गते अन्तरिम आदेशको लागि छलफलमा झिकाउने आदेश दिएको हो । सांसद विकास कोष को व्यवस्था गरिनु संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरण र संघीयताको सिद्धान्तसँग विपरीत भएकाले बदर भागी रहेको भन्दै रिट निवेदन दायर गरिएको थियो । अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीले रिट दायर गरेका हुन । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *