समाज

जानकीको जन्म दिनमा बिदा दिनुपर्छः प्रभु साह

जानकीको जन्म दिनमा बिदा दिनुपर्छः प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष साहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाएका हुन् । राम नवमीमा बिदा दिइने भएपनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको  आरोप साहको छ । उनले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? भन्दै प्रश्न समेत गरे । 

साहले जानकी जयन्तीलाई राष्ट्रिय महत्वको दिनको रूपमा स्थापित गरी सार्वजनिक विदाको घोषणा गर्न माग गरेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *