कृषि

मुस्ताङमा हाईब्रिड प्रजातीको स्याउ टिप्न शुुरु

मुस्ताङमा हाईब्रिड प्रजातीको स्याउ टिप्न शुुरु

मुस्ताङ । मुस्ताङका स्याउ बगैचामा अहिले उच्च घनत्व प्रविधिमा आधारित हाईब्रिड अर्थात गाला प्रजातीको स्याउ टिप्न शुुरु गरिएको छ ।  

जिल्ला स्तरीय समन्वयात्मक बैठकले गाला प्रजातीको स्याउ भदौ ५ गतेदेखि बिक्री वितरण गर्न पाईने व्यवस्था गरेसँगै बगैचामा स्याउ टिप्न थालिएको हो । मुस्ताङमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने घरपझोङ—५ ढुम्बा स्थित चिम्ले अचार्ड कृषि फर्ममा पनि धमाधम स्याउ टिप्ने काम भैरहेको छ । 

जलवायु परिवर्तनका कारण जमिनका तापमान वृद्धिसँगै यहाँको स्याउ छिटोछिटो पाक्न थालेको स्थानीय बताउँछन् । जिल्ला स्तरीय रुपमा गाला स्याउको बिक्री वितरण गर्न पाउँने निर्णय गरिएको भएपनि मुस्ताङको घरपझोङ—२ मार्फामा भने स्याउ टिप्न थालिएको छैन । 

मार्फामा भदौको १० वा १२ गते मात्रै गाला स्याउ टिप्न शुरु हुने बताइएको छ । हाईब्रिड किङरट प्रजातीको स्याउ भदौं १५ गतेदेखि र अन्य स्याउ भदौ २५ गतेदेखि बजारमा बिक्री वितरण गर्न पाउँने जिल्लाले निर्णय गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *