Siddarth bankविज्ञापन
मुख्य समाचार

फ्रान्समा जारी हिंसात्मक प्रदर्शनमा पसल, बैंक, गाडी, घर लगायतमा लुटपाट

फ्रान्समा जारी हिंसात्मक प्रदर्शनमा पसल, बैंक, गाडी, घर लगायतमा लुटपाट

फ्रान्समा लगातार पाँचौ रात पनि हिंसात्मक प्रदर्शन भएको छ । गत मंगलवार ट्राफिक प्रहरी कारबाहीमा एक युवाको मृत्यु भएपछि फैलिएको हिंसात्मक प्रदर्शन पाँचौँ रात पनि भएको हो । पेरिसबाट सुरु भएको प्रदर्शन देशभरि फैलिएको छ । प्रदर्शनकारीले ठाउँ ठाउँमा पसल, बैंक, गाडी, घर लगायतका संरचनामा लुटपाट गरेका छन । प्रहरीका अनुसार ४५ सय भन्दा धेरै सरकारी र निजी भवन तथा गाडीमा आगजनी भएको छ । हिंसा नियन्त्रणको लागि ४५ हजार जना प्रहरी परिचालन गरेपनि अवस्था नियन्त्रण बाहिर गएको छ । प्रहरीले दुई हजार पाँच सय भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कतिपय ठाउँमा कर्फ्यु जारी गरेपनि त्यसको उलग्घन भएको छ । फ्रान्सको राजधानी पेरिसमा १७ वर्षका किशोर नाहिल एमको ट्राफिक नियम उलग्घनको आरोपमा प्रहरीले हत्या गरेपछि प्रदर्शन चर्केको हो । प्रदर्शन चर्केपछि राष्ट्रपति इमानुएल म्याक्रोनको आजदेखि गर्ने भनिएको जर्मनी भ्रमण स्थगित गरेका छन । लामो समयपछि हुन लागेको भ्रमण स्थगित गर्नुपरेकोमा दुवै देशले दुःख प्रकट गरेका छन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *