काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा. १ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको हो ।
दुर्घटनामा पाँच जना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइएको छ । उनीहरूको पहिचान भने खुलेको छैन ।