समाज

बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ७ जना घाइते

बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं । बागलुङको गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

शुक्रबार बिहान गलकोट बहुमुखी क्याम्पसको विद्यार्थी सवार भ्यान सडकदेखि सात मिटर तल खस्दा ७ जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक २५ वर्षीय मोहन सिंह सुनार, १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, १८ वर्षीय जिवन खत्रि, १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा रहेका छन् । 

इलाका प्रहरी कार्यालय गलकोटका अनुसार घाइते सबै विद्यार्थीलाई उपचारका लागि गलकोट नगर अस्पताल बागलुङ पठाइएको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *