मुख्य समाचार

युक्रेनविरुद्ध रुसको पक्षमा लड्न ३० हजार सेना पठाउँदै उत्तर कोरिया

युक्रेनविरुद्ध रुसको पक्षमा लड्न ३० हजार सेना पठाउँदै उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले युक्रेनसँग लड्न रुसका लागि आफ्ना सैनिकहरूको संख्या तेब्बर गर्ने तयारी गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्योङयाङले मस्कोलाई सहयोग गर्न थप २५ देखि ३० हजार सैनिक पठाउने तयारी गरेको छ । थप सैनिकहरू आगामी महिनामा रूस पुग्ने  विवरण युक्रेनको गुप्चरलाई उदृत गर्दै सीएनएनले जनाएको हो । 

रूसले कब्जा गरेको युक्रेनका क्षेत्रहरूमा, विशेषगरी ठूलठूला आक्रामक कारबाहीहरूमा उत्तर कोरियाली सैनिकहरू रूसी टोलीलाई बलियो बनाउन लडाइँमा संलग्न हुने सम्भावना रहेको बताइएको छ ।

यसअघि नोभेम्बरमा पठाइएका ११ हजार सैनिकहरूले रूसको कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण रोक्न सहयोग गरेका थिए । तीमध्ये करिब चार हजार उत्तर कोरियाली सैनिक मारिएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *