समाज

लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने : प्रधानमन्त्री ओली

लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओलीले लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने बताएका छन् । 

शुक्रबार ललितपुरमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले सीमा समस्याको समाधानका लागि भारतसंग वार्ता गर्ने बताएका हुन् । 

उनले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिनपिङ्गसँग आफूले असहमति प्रकट गरेको उल्लेख गरे । उनले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपालले कुनै प्रतिक्रिया जनाएको दाबी पनि गरे । 

अध्यक्ष ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको जिकिर गरे । उनले जनताकाबीच पुगी अझ विश्वास जित्न सके ८४ मा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न नसक्ने बताए । 

अध्यक्ष ओलीले विधान महाधिवेशनमा विधानमा मात्रै छलफल केन्द्रित हुने स्पष्ट पारे । पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएको उल्लेख गर्दै उनले ती बिषयहरु विधान महाधिवेशनसँग सम्बन्धित नरहेको बताए । 

अध्यक्ष ओलीले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको उल्लेख गरे । 

अध्यक्ष ओलीले विधान महाविधेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पनि प्रस्तुत गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *