समाज

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा शुक्रबार (आज) बिहान स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

आज बिहान करिब पौने तीन बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बससँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *