समाज

सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन

सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन

काठमाडौं । हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।

काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका हुन् । 

मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन् । सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन् । पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए ।

प्रशासन, कुटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए। यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनको भनाइ छ ।

विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञसँगै समाजमा लोपोन्मुख रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनका तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरी प्रचारप्रसार गर्न थालेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *