समाज

सप्तरी गोलीकाण्ड : उच्चस्तरीय छानवीन गर्ने सहमति

सप्तरी गोलीकाण्ड : उच्चस्तरीय छानवीन गर्ने सहमति

सप्तरी । सप्तरीको राजगढमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएको घटनामा उच्चस्तरीय छानवीनका लागि पहल गर्ने सहमति भएको छ । 

सप्तरीको राजगढ घटनाबारे संघर्ष समिति, सर्वदलीय, सर्वपक्षीय बैठकमा उच्चस्तरीय छानवीनका लागि पहल गर्ने सहमति भएको हो । पाँच सहमति सँगै स्थानीय र आफन्तले बुधबारदेखि थालेको आन्दोलन स्थगित भएको छ । 

मृतकको शव परिवारका सदस्य/आन्दोलनरत पक्षले बुझि प्रचलित धर्म संस्कृति अनुसार अन्तिम संस्कार गर्ने सहमतिमा उल्लेख छ । यसैगरी  सर्च र गस्तीमा खटिएका प्रहरी निरिक्षक बीरेन्द्र यादवलाई घटनाको छानबिन हुदासम्म जिम्मेवारीबाट मुक्त गर्न तालुक निकायमा अनुरोध गर्ने, समितिको प्रतिवेदन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । 

गोप्य सूचनाका आधारमा मंगलबार राति तस्करी नियन्त्रण गर्न पुगेका प्रहरीले चलाएको गोली लागेर स्थानीय विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेत रहेका यादवको मृत्यु भएको थियो । घटनापछि आक्रोशित आफन्त र स्थानीयले बुधबार दिनभर राजविराजमा प्रदर्शन गरेका थिए । 

बुधबार साँझ गठन भएको संघर्ष समितिले माग सम्बोधन गर्न २४ घण्टे अल्टिमेटम दिँदै थप आन्दोलन चर्काउने चेतावनी दिएको थियो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *