काठमाडौं । शिवम् सिमेन्टले हालै जेन-जी आन्दोलनमा क्रममा काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि सरसफाई कार्यक्रम शुरु गरेको छ ।
कम्पनीले सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य संचालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको हो ।
कम्पनीले वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनहरुमा पनि निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम संचालन गर्ने जनाएको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको पनि जनाएको छ ।