समाज

बाढीले साँफे– मार्तडी राजमार्ग अवरुद्ध

बाढीले साँफे– मार्तडी राजमार्ग अवरुद्ध

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको बताइएको छ । 

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *