समाज

दलित परिवारका लागि सुरक्षित आवास

दलित परिवारका लागि सुरक्षित आवास

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा भएको छ । 

“पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटामान जोगाउन समस्या हुन्थ्योभने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैने”, उनले भने । 

आर्थिक अभावमा पक्की घरमा बस्ने सपना नदेख्नु भएका उनलाई अब भने नगरपालिकाले आफूहरुका निम्ति सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आशा जागेको उनले बताए ।  

सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ ।  छ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेका वडाध्यक्ष लालबहादुर ऐरले बताए ।

यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ । 

रासस

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *