मुख्य समाचार

रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता हुँदै

रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता हुँदै

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनफिङबीच आज भेटवार्ता हुँदैछ । 

उच्चस्तरीय बैठकमा युक्रेन सङ्कट तथा रुस–अमेरिका सम्बन्धका विषयमा गहन छलफल हुने जानकारी क्रेमलिनले दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपतिद्वय पुटिन र सीबीचको यो वार्ता दुई देशको आपसी समझदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा परस्पर समन्वयको निरन्तरताका रूपमा लिइएको छ । रुसले फेब्रुअरी सन् २०२२ मा युक्रेनमा सैन्य अभियान आरम्भ गरेयता मस्को र बेइजिङबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । 

राष्ट्रपति सी मे ९ मा मस्कोस्थित रेड स्क्वायरमा आयोजना हुने रुसको ऐतिहासिक विजय दिवस परेडमा प्रमुख अतिथिको रूपमा सहभागी हुने समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *