काठमाडौं । काभ्रेमा रोसी खोला पार गर्ने क्रममा एउटा बस बिचमै फसेपछि यात्रुको सकुशल उद्धार गरिएको छ।
रोसी गाउँपालिका(७ कटुन्जेबाट थानसिंह जाने भित्रि सडकखण्डको खरिबोट भन्ने ठाउँमा यात्रुवस रोसी खोलामा फसेको हो।
घटनास्थलमा विपद् व्यवस्थापन बेस भकुण्डेबेसीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुमन बुढाथोकीको कमान्ड मा १० जना प्रहरी खटिएका छन्।
यात्रु सुरक्षित रहेका प्रहरीले जनाएको छ।