समाज

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा हिमताल

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा हिमताल

काठमाडौं । हिमाली जिल्ला मनाङका अधिकांश तालहरु हिमालको ग्लेसियरबाट बनेका छन् । सेता हिमालको काँखमा रहेका यी तालहरु आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा  पर्ने गरेका छन् । 

विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित तिलिचो ताल मनाङ ङिस्याङ गाउँपालिका–९ मा पर्दछ भने जसको उचाइ समुन्द्री सतहबाट चार हजार ९ सय १९ मिटर अवस्थित छ । त्यस्तै, इदम लेक र मुनलेक पनि यसै वडामा अवस्थित छन् । जुन तालहरु झन्डै पाँच हजार मिटर उचाइमा अवस्थित छन् । 

आकारमा साना भएपनि उचाइमा भने तिलिचो भन्दा माथि रहेका  छन् । मनाङकै माथिल्लो भेगमा रहेको आइसलेक समुन्द्री सतहबाट चार हजार ६ सय मिटरमा अवस्थित छ ।  मनाङगाउँकै मुटु मानिने तीन हजार ५४० मिटरमा रहेको छ । जुन गंगापूर्ण हिमालको ग्लेसियरबाट बनेको हो । 

ग्रिन लेक छिन्दी ताललगायतका तालहरु मनाङ ङिस्याङ गाउँपालीकामा नै पर्दछन् । पछिल्लो समयमा पत्ता लागेका काजिन सारा सिंगर ताल, लभलेक चामे गाउँपालिका–४ लमजुङ हिमालको काखमा अवस्थित छ । समुन्द्री सतहबाट पाँच हजार २ मिटर उचाईमा अवस्थित छ । 

त्यस्तै, नासों गाउँपालिका अन्तरगत डोना ताल, पोङकर ताल, हिमलुङ ताल जस्ता तालहरु समुन्द्री सतह देखी चार हजार मिटर उचाई रहेका छन् । यस्ता हिमतालले मनाङलाई सिंचित मात्र नभई पर्यटकीय गन्तव्यको विकास पनि गरेको छ । 

यस जिल्लाभर ५७ वटा हिमताल रहेको गण्डकी प्रदेश जलाधार संरक्षण क्षेत्रको तथ्यङ्कमा उल्लेख छ । जसले मनाङको पर्यटकीय क्षेत्रको विकाससँगै जलविद्युत, सिंचाई र पशुपालनमा समेत टेवा पुर्‍याएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *