मुख्य समाचार

जापानमा चामलको मूल्य बढ्यो

जापानमा चामलको मूल्य बढ्यो

एजेन्सी । कृषि मन्त्रालयका अनुसार अप्रिल २७ सम्मको हप्तामा जापानको प्रति ५ किलो चामलको मूल्य ४ हजार २ सय ३३ येन (लगभग ३० अमेरिकी डलर) को रेकर्डमा पुगेको छ ।

जुन लगातार १७ औं हप्ताको लागि उच्चतम स्तरमा पुगेको हो । एक वर्ष अघिको भन्दा दोब्बर भन्दा बढी रहेको छ । अप्रिल २१ र २७ को बीचमा देशभरका लगभग १ हजार सुपरमार्केटहरूमा बेचिएको ५ किलो चामलको औसत मूल्य अघिल्लो हप्ताको तुलनामा १३ येनले बढेको छ । 

जुन मार्च २०२२ मा तथ्याङ्क सङ्कलन शुरु भएदेखिको उच्चतम स्तर हो । आपूर्ति स्थिर गर्न जापान सरकारले मार्चमा दुई चरणको लिलामी पछि क्रमशः २ लाख १२ हजार १ सय ३२ टन भण्डारण गरिएको चामल जारी गर्दै आएको छ । 

मार्चमा सरकारले भण्डारण गरेको हजारौं टन चामल लिलामी मार्फत जारी गरिएको भएपनि सुपरमार्केटको शेल्फमा थोरै मात्र चामल पुगेको छ । जसले गर्दा प्रमुख चामलको खुद्रा मूल्य निरन्तर उच्च रहेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *