समाज

सकारी ठगी प्रकरणमा कांग्रेसकी  सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

सकारी ठगी प्रकरणमा कांग्रेसकी  सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । स्वर्ण लक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेकी  नेपाली कांग्रेसकी  सांसद माया राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनलाई ३७ लाख बिगो मागदाबी गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनी मुद्दामा फरार रहँदै आएकी थिइन् ।

यसअघि स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा गत २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यस बखत ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरिएको  थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *