कैलाली । जेन जी आन्दोलनका दिन तोडफोड र अशान्तिबीच कैलाली कारागारबाट फरार भएका कैदीहरू पुनः फर्किन थालेका छन् ।
आन्दोलनकै दिन उत्पन्न अवस्थाको मौका छोपेर ठूलो संख्यामा कैदीबन्दी कारागारबाट भागेका थिए । तर, पछिल्ला दिनमा प्रहरीले निगरानी कडा बनाएपछि केही कैदी स्वेच्छाले कारागारमा उपस्थित भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार पुर्याएको छ ।
आन्दोलनका क्रममा कारागारभित्र महत्वपूर्ण कागजात, सिसिटिभी क्यामेरा र अन्य भौतिक सामग्री जलेर नष्ट भएका थिए ।
घटनाका बेला कारागारमा ६६७ कैदीबन्दी रहेकोमा अहिले २२० जना रहेका छन् । बाँकी फरार कैदीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।