मुख्य समाचार

भारतको सहयोगमा प्रधानमन्त्री बनेको दाहालको अभिव्यक्तिको गृहमन्त्री श्रेष्ठद्वारा बचाउ

भारतको सहयोगमा प्रधानमन्त्री बनेको दाहालको अभिव्यक्तिको गृहमन्त्री श्रेष्ठद्वारा बचाउ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकजना व्यक्तिको सहयोगमा भारतलेलाई प्रधानमन्त्री बनाएको भन्ने बिषय प्रधानमन्त्रीले नबोलेको दावी गरेका छन् । आज चितवनको भरतपुर बिमानस्थलमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा नबोलेको जिकिर गरेका हुन । उपप्रधानमन्त्री श्रेष्ठले एकजना व्यक्तिको सहयोगमा प्रधानमन्त्री बन्न संभव नभएको र भारतले बनाउने भन्ने बिषय कल्पना पनि गर्न नसकिने दावी गरे । 
प्रधानमन्त्रीको सामान्य अभिव्यक्तिलाई लिएर एमाले लगायत दलले प्रधानमन्त्रीको राजिनामा माग्नु र संसद अवरोध गर्नु असंसदीय भएको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।  गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार बिरुद्धको अभियानमा सरकारले प्रहरीलाई पुर्ण रुपमा साथ दिने र गल्ती गर्ने कुनै कसैका बिषयमा ढाकछोप नगर्ने स्पष्ट पारे । मिटरव्याजीको बिषयमा बिधेयक संसदबाट पास गरि कडा रुपैया लागू गरिने पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *