काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।
आजको बैठकमा विनियोजन विधयेकका सिद्धान्त र प्राथमितामाथिको छलफलपछि उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद सूर्यबहादुर थापा क्षेत्रीले गत वैशाख ३१ गते प्यूठानको सहिद स्मृतिपार्कमा करेन्ट लागेर मृत्यु भएका चित्रबहादुर केसीको परिवारलाई राहतको माग गरे। उनले देशका विभिन्न स्थानमा स्थापना भएका सहिद स्मृति पार्कका लागि पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने मागसमेत राखे ।
सांसद रामकुमार राईले खोटाङका एक युवाको गत वैशाख ३० गते गोकर्णेश्वरमा कुटपिटबाट मृत्यु भएको विषय उठाउँदै उक्त घटनाका दोषीलाई कारबाहीको माग गरेका छन् ।
सांसद राजेन्द्रप्रसाद लिङ्देनले करिब दुई महिनादेखि बन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलगायत नेता कार्यकर्तालाई रिहाइको माग गरेका छन् ।
रासस