काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।
शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।
समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसँग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको सभापति थापाले जानकारी दिए । विद्यालय शिक्षाका क्षेत्रमा रहेका बिषयलाई नविनता दिनका लागि अधिकतम प्रयास गरेको उनको भनाइ छ ।
बैठकमा सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दवाव आएपनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दवावलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गर्न सफल भएको जिकिर समेत गरे ।