समाज

मुलपानीसहित चार रङ्गशाला निर्माण गर्न ४२ करोड रुपैयाँ विनियोजन

मुलपानीसहित चार रङ्गशाला निर्माण गर्न ४२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले खेल पूर्वाधारका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराउका हुन् । पौडेलले  मुलपानी रङ्गशाला, मोरङको गिरिजाप्रसाद रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।  

मन्त्री पौडेलले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।  सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद आयोजना सम्पन्न गर्न ५४ करोड रुपैयाँ विनियोजन मन्त्री पौडेलले बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *