काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको छ ।
आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरु प्राविधिक परिक्षण पश्चात मात्र प्रयोग गर्नका लागि सरसफाइका साथै परिक्षण अघि बढाइएको हो । यसै क्रममा शनिबार आन्दोलनका क्रममा ध्वस्त भएको रामशाहपथस्थीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परिक्षण गरिएको छ ।
परिक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनले जनाएको छ । आगलागीबाट क्षति पुगेका भवनहरुको भवन निर्माण बिभागको समन्वयमा एसोसियसनले प्रारम्भिक परीक्षण गर्न थालेको हो ।
बरालले प्रारम्भिक परिक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुननिर्माण गर्ने भन्ने सुझाव दिइने बताए । आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केहि भवन पुन प्रयोग गर्न सकिने र केहि भवन भने जोखिमपूर्ण रहेको बरालको भनाइ छ ।
त्यस्तै, सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे । एसोसियसनले प्राविधिक परिक्षण पश्चात मात्र संरचना प्रयोग गर्न पनि सुझाव दिएको छ ।