मुख्य समाचार

साताव्यापी कार्यक्रमसहित रेड पाण्डा दिवस मनाइयो

साताव्यापी कार्यक्रमसहित रेड पाण्डा दिवस मनाइयो

काठमाडौ । ताप्लेजुङका विभिन्न विद्यालयमा साताव्यापी कार्यक्रमसहित १५ औँ अन्तर्राष्ट्रिय रेड पाण्डा दिवस मनाइएको छ । रेड पाण्डा नेटवर्कको सहयोग र हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ र चित्रकला प्रतियोगिताद्वारा दिवस मनाइएको हो ।रेड पाण्डाको बासस्थान नजिक रहेका विद्यालयलाई प्राथमिकता दिई कार्यक्रम गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । फुङ्लिङ, फक्ताङलुङ, सिरिजंघा र पाथीभरा याङवरक गाउँपालिकाका विद्यालयमा भदौ १८ देखि २९ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरिएको थियो । हिमाली संरक्षण मञ्चका तथ्याङ्कअनुसार, लामो समयदेखि सञ्चालित संरक्षण अभियानकै कारण हाल ताप्लेजुङमा ७७ देखि १ सय ३४ वटा रेड पाण्डा पाइने अनुमान गरिएको छ। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *