काठमाडौं । नेपालका उपभोक्तालाई अन्तर्राष्ट्रिय गुणस्तरको ऊर्जा पेय उपलब्ध गराउँदै आएको ‘रेड बुल नेपाल अब आईएसओ प्रमाणित बनेको छ ।
सरस बेभरेजद्वारा सञ्चालित अमरापुरीस्थित अत्याधुनिक उत्पादन केन्द्रले विश्वव्यापी खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मान्यता प्राप्त मापदण्ड पूरा गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गरेको हो ।
यो उपलब्धिले रेड बुलको हर एक क्यानमा गुणस्तर, सरसफाइ, र उपभोक्ता सुरक्षाप्रतिको गहिरो प्रतिबद्धता प्रस्टसँग उजागर गरेको कम्पनीको दाबी छ । आईएसओ प्रमाणपत्रले कच्चा पदार्थको छनोट देखि अन्तिम प्याकेजिङ्गसम्मका सम्पूर्ण प्रक्रियाहरूलाई अन्तर्राष्ट्रिय खाद्य सुरक्षा मापदण्ड अनुसार संचालन गरिएको पुष्टि गरेको सञ्चालकको भनाइ छ ।
सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आईएसओ प्रमाणपत्रले बढी विश्वासिलो र गर्विलो ब्रान्डका रूपमा स्थापित गर्न सहयोग गर्ने बताए । प्रमाणपत्रसँगै नेपाल अब रेड बुल उत्पादन गर्ने विश्वका पाँच देशहरूमध्ये एक बन्न पुगेको छ ।