काठमाडौं । ला लिगा फुटबलमा रियल बेटिसले रियल सोसिडाडलाई पराजित गरेको छ ।
आज भएको खेलमा बेटिसले सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
बेटिसका लागि कुचो हर्नान्डेजले ७औँ, पाब्लो फोर्नाल्सले ६९औँ मिनेटमा गोल गरे । एक गोल बेटिसले उपहार पाएको हो । दोस्रो हाफको शुुरुवातमै सोसिडाडका गोलकिपर एलेक्स रेमिरोको आत्मघाती गोल गरेका थिए ।
सोसिडाडका लागि ब्राइस मेन्डेजले १३ मिनेटमा एक गोल फर्काए । जितसँगै ९ अंक जोडेको बेटिस अंक तालिकाको चौथो स्थानमा रहेको छ ।