समाज

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि  सुनुवाइ हुन लागेको हो । 

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ । यसअघि मङ्गलबार भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट पौडेलले रविलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै रिट निवेदन दिएकी थिइन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *